२०८१ जेष्ठ ५, शनिबार
काठमाडौं – आज र भोलि लगातार झरी पर्ने सम्भावना नभए पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले बताएका छन् ।
मौसमविद् गोविन्द झाका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।
यस्तै, राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक÷दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको छ ।
अन्य प्रदेशमा भने आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिए । उनका अनुसार आज र भोलि लगातारको झरी पर्ने सम्भावना छैन । तर, पानी पर्ने र रोकिने क्रम भने चलिरहने छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar