२०८१ जेष्ठ ५, शनिबार
काठमाडौं– अदालतका कर्मचारीले हडताल गर्दा देशभरका सेवाग्राही मर्कामा परेका छन् ।
ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङलाई कानुन व्यवसायी अमिर लामिछानेले हातपात गरेको विरोधमा देशभरका अदालतमा कर्मचारीले हडताल गरेका हुन् ।
चार कर्मचारी सङ्गठनले हडताल गरेका हुन् । कर्मचारीको आन्दोलनका कारण मुद्दाको पेसी, तारेख लिन पुगेका र मुद्दाको सुनुवाइका लागि अदालत पुगेका सेवाग्राही मर्कामा परेका हुन् ।
नासु तामाङमाथि अभद्र व्यवहार गर्ने लामिछानेलाई पक्राउ गरी प्रहरीले कारबाही प्रक्रिया अघि बढाइसकेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar