२०८१ जेष्ठ ५, शनिबार
काठमाडौं– भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डु तिनधारेमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बा. ९३ प ५८८१ नम्बरको स्कुटर दुर्घटना हुँदा भक्तपुरको सूर्यविनायक नगरपालिका– ६ पाण्डुबजार बस्ने ४५ वर्षीय कृष्ण कुमार त्वाटीको मृत्यु भएको हो ।
उनको डा. इवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा गएराति करिब साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।
कृष्णकुमारले चलाएको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो ।
स्कुटरको पछाडि बसेकी कृष्णकुमारकी छोरी १९ वर्षीया अनिता त्वाटी दुर्घटनामा सामान्य घाइते भएकी छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar