२०८१ जेष्ठ ५, शनिबार
काठमाडौं– कोशी प्रदेशमा मूख्यमन्त्री हिक्मत कार्कीको सरकार ढलेपछि बढेको अन्यौलसँगै प्रदेश प्रमुखले आज नयाँ सरकार गठनका लागि आव्हान गर्ने भएको छ ।
नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले दलहरू परामर्श गरेका छन् । प्रदेश प्रमुखले आज बहुमत जुटाएर सरकार गठनका लागि दलहरुलाई आव्हान गर्ने तयारी गरेका छन् ।
कोशीमा एमाले राप्रपा गठबन्धन र कांग्रेस, माओवादीलगायतको गठबनधनसँग बराबर सिट रहँदा कुन पक्षले बहुमत जुटाउन सक्छ भन्ने टुंगो छैन ।
बहुमतको सरकार गठन हुन नसके ठूलो दलहको हैसितमा एमालेले सरकार गठनको मौका पाउने छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar