२०८१ जेष्ठ ५, शनिबार
काठमाडौं– पहिरोका कारण नारायणगढ–मुग्लिन सडकको यात्रा अनिश्चित बनेको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा गएको बिहीवार दिउँसोदेखि लगातारजसो पहिरो गइरहेको छ । पहिरो पन्छाएर केहीबेरमा सडक खुलाए पनि फेरि बन्द हुँदा यात्रुलाई सास्ती भएको छ ।
गएको बिहीवार यता यो सडक मुस्किलले १५ घण्टा मात्रै सञ्चालनमा आएको छ । सडकमाथिको पहाड पुरै खस्ने जोखिम रहेकाले यात्रा असुरक्षित छ ।
अझै दुई तीन दिन सकेसम्म यो सडकको यात्रा नगर्न सडक डिभिजन कार्यालय भरतपुरको अनुरोध छ ।
कार्यालयका डिभिजन प्रमुख रमेशप्रसाद पौडेलका अनुसार पहिरो एकै पटक खसे दुई तीन घण्टामा हटाउने गरी उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएको छ ।
तर, पटक पटक पहिरो झर्दा हटाउन समस्या भइरहेको उनले बताए । उनले साना गाडीलाई सकेसम्म हेटौँंडा–काठमाडौं निस्कने कान्ति लोकपथको प्रयोग गर्न अनुरोध गरेका छन् ।
सिद्धार्थ राजमार्गमा पनि पहिरो गइरहेकाले ठूला गाडीका लागि तत्काल पर्खनुको अर्को विकल्प छैन ।
त्यसैले सकेसम्म दुई÷तीन दिन यो सडकको यात्रा नगर्न र गर्नैपरे दिउँसोको समयमा मात्रै गर्न पनि सडक डिभिजन कार्यालय भरतपुरका डिभिजन प्रमुख रमेशप्रसाद पौडेलको सुझाव छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar