२०८१ जेष्ठ ५, शनिबार
काठमाडौं– दश वर्षीया बालिका बलात्कार आरोपमा ६५ वर्षीय पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको सुद्धोधन गाउँपालिका–५ का शिव भारती छन् ।
उनलाई शुक्रबार बेलुका पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत विकले जानकारी दिए ।
शुक्रबार दिउँसो घरआसपास खेलिरहेकी बालिका बलात्कृत भएबारे उनकी आमाले बेलुका ८ बजेमात्र थाहा पाएकी थिइन्। ती बालिकाले नै घटनाबारे आफ्नी आमालाई भनेकी थिइन् ।
त्यसपछि बालिकाकी आमाले प्रहरीलाई खबर गरेकी थिइन्। एसपी विकका अनुसार बेलुका ९ बजे आरोपित भारतीलाई पक्राउ गरिएको थियो ।
पक्राउ परेका आरोपी भारतीलाई छोड्नका लागि दवाव समेत दिन थालेपछि पीडित परिवार घर छाडेर बुटवलस्थित आफन्तकोमा बसेको बताएका छन् ।
घटनावारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar