२०८१ जेष्ठ ५, शनिबार
काठमाडौं– आज कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् सजिना शाक्यले बताइन् । उनका अनुसार आज हिजो अस्तिको जस्तो अति ठूलो वर्षाको सम्भावना छैन । तर, एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान भने छ ।
अहिले वागमती, गण्डकी र मधेस प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यस्तै, राति कोशी र मधेस प्रदेशका एक दुई ठाउँमा मेघगजर्नसहित ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।
अस्तिदेखि लगातारजसो परेको वर्षाका कारण बाढी पहिरोको जोखिम बढेको छ । जोखिममा रहेका ठाउँका बासिन्दालाई सतकर्ता अपनाउन मौसमविद्को आग्रह छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar