काठमाडौं– सिरहामा लागु औषधसहित तीन जना पक्राउ परेका छन् । सिरहा नगरपालिका– ७ बाट प्रहरीले प्रतिबन्धित लागु औषध खैरो हेरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सदरमुकामस्थित ट्राफिक चोकबाट ७०.९३ ग्राम खैरो हेरोइन र तौल गर्ने डिजिटल मेसिनसहित तीन युवकलाई पक्राउ गरेको हो ।
प्रहरी नायव उपरीक्षक रविन्द्रराज पाण्डेका अनुसार पक्राउ पर्नेमा सिरहा ८ का २० वर्षीय विवेक ठाकुर र १९ वर्षीय मनिष यादव र सिरहा २० का १९ वर्षीय सत्यनारायण कारक छन् ।
उनीहरूविरुद्ध सिरहा जिल्ला अदालतबाट शुक्रबार लागु औषध मुद्दामा १० दिनको म्याद लिएर जिल्ला प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar