काठमाडौं– नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा अवरुद्ध सडक खुलेको छ ।
सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान करिब ३ बजे पहिरो खस्दा सडक पुनः अबरुद्ध भएको थियो ।
सोही स्थानमा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो ।
पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।
पहिरो पन्छाएसँगै रोकिएका सवारी भर्खरै गन्तव्यतर्फ पठाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar