२०८१ जेष्ठ ५, शनिबार
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस बदल्ने अभियानमा आफू लागिपरेको बताएका छन् ।
एकै जना ५–६ पटक प्रधानमन्त्री बन्ने कुराले पार्टी नचल्ने भएकाले पुराना दलहरू एकसाथ संकटमा पर्न गएको उल्लेख गर्दै उनले आफूले व्यक्तिको नभई पार्टी नै बदल्ने कुरा गरेको बताए ।
कांग्रेस दोलखा–काठमाडौँ सम्पर्क समितिले आज काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले डेमोक्रेसीमा एउटै व्यक्ति पटक–पटक प्रधानमन्त्री हुने चलन कुनै पनि देश नभएको दाबी गरे ।
उनले कांग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग्न तयार रहेको घोषणा गरे । दाग लागेको कांग्रेसको महामन्त्री बन्नुभन्दा सफा कांग्रेसको कार्यकर्ता भएर बस्न आफूलाई मन भएको उनको भनाइ थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar