२०८१ जेष्ठ ५, शनिबार
काठमाडौं– अविरल वर्षाले पाल्पाका विभिन्न सडक खण्ड अवरुद्ध बनेका छन् । दुई दिनदेखि परेको वर्षाले सिद्धार्थ राजमार्ग, कालिगण्डकी करिडोर तथा विभिन्न सडक खण्ड बन्द छन् ।
सिद्धार्थ राजमार्गअन्तर्गत माथागढी गाउँपालिका–१ धैरेनी, बगनासकाली –४ सेरा र रम्भा गाउँपालिका –३ लसुने नजिकै पहिरो खसेको छ ।
यस्तै कालिगण्डकी करिडोरअन्तर्गत पाल्पाको रम्भा २ र ३ को सिमानामा रहेको सहर्दीखोला पुल नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
बिहीबार रातिदेखि परेको वर्षाले कालिगण्डकी करिडोर शुक्रबारदेखि अवरुद्ध भएको हो । वर्षाका कारण पहिरो हटाउन समस्या भएको छ ।
सडकमाथिबाट ढुङ्गासहित पहिरो खस्ने क्रम जारी रहेको रम्भा १ का वडाध्यक्ष ईश्वर काफ्लेले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar