२०८१ जेष्ठ ४, शुक्रबार
काठमाडौं– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागुऔषधको अवैध कारोबार र प्रयोगकर्ता बढ्नु चिन्ताजनक भएको बताएका छन् ।
लागुऔषध सेवनकर्ता २० देखि २९ वर्ष उमेर समूहको संख्या बढी प्रभावित भएको भन्दै उनले विकासका संवाहक र भविष्यका उत्पादनशील युवा जनशक्ति दुव्र्यसनमा फस्दा व्यक्ति स्वयं, परिवार, समाज र राष्ट्रका लागि हानिकारक हुने बताए ।
आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘विभिन्न तथ्यांकहरुबाट लागुऔषधका प्रयोगकर्ता बढ्नु, अपराधको दर बढ्दै जानु, लागुऔषधको अवैध कारोबार बढ्नु चिन्ताजनक स्थिति रहेको छ ।’
लागुऔषधको प्रयोग नेपालमा पनि समस्याको रुपमा देखापर्दै आएको बताउँदै उनले यसबाट समृद्ध राष्ट्र निर्माणको राष्ट्रिय लक्ष्य प्राप्त गर्नसमेत बाधा पुग्ने बताए । स्वस्थ, सभ्य, अपराधमुक्त र समुन्नत समाज निर्माण गर्ने राष्ट्रिय लक्ष्य हाँसिल गर्न पनि बाधा पुग्ने उनको चिन्ता छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar