२०८१ जेष्ठ ४, शुक्रबार
काठमाडौं– सशस्त्र प्रहरीले रुपन्देहीबाट बरामद गरेको पहेँलो धातु सुन नै प्रमाणित भएको छ । शनिवार राति रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ स्थित कालिदहबाट सशस्त्र प्रहरीले सुन जस्तो देखिने २ किलो धातु बरामद गरेको थियो ।
परीक्षण गर्दा सो धातु सुन पुष्टि भएको नम्बर–५ बिन्ध्यवासिनि बाहिनीका डिआईजी बिदुर खड्काले बताए । परीक्षण गरेर तौल गर्दा सो सुनको तौल १ किलो ९६५ ग्राम भएको छ । सो सुनको बजार मूल्य १ करोड ८५ लाख ६५ हजार पर्छ ।
सशस्त्र प्रहरीले सो सुन भन्सार कार्यालय सुनौलीमा बुझाएको छ । कार चालक दाङको घोराही नगरपालिका १० घर भएका हुमानन्द गिरीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar