२०८१ जेष्ठ ४, शुक्रबार
काठमाडौं– काठमाडौंको भोटेबहालमा इनारमा डुबेर दुईजना युवकको मृत्यु भएको छ ।
झापा घर भएका ३६ वर्षीय दिपेन लिम्बु र सिन्धुली घर भएका २२ वर्षीय जितेश गुरुङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी (एसपी) सीताराम रिजालले बताए ।
पानी तान्ने मोटर निकाल्न दिपेन सुरुमा इनारमा पसेका थिए । दिपेनलाई बचाउन इनारमा गएका जितेशको पनि ज्यान गएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar