काठमाडौं– दाङको तुलसीपुरमा सर्पदंशवाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– १२ हरिपौरीकी १३ बर्षीया दिक्षा वली रहेकी छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक पर्वत केसीका अनुसार वलीलाई शनिबार दिउँसो २ बजेतिर आफ्नै घरमा सुतिरहेको समयमा सर्पले डसेको थियो ।
उनलाई राति ९ बजे मात्रै उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ल्याइएको थियो । गम्भीर अवस्थाकी वलीलाई त्यहाँबाट थप उपचारका लागि बाँकेको नेपालगंजस्थित भेरी अस्पताल पठाइएको थियो ।
उपचारका क्रममा बालिकाको आज बिहान मृत्यु भएको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar