काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन निमित्त प्रमुख लक्ष्मण शाहसहितका तीन जना कर्मचारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
आयोगले चालक अनुमति पत्रको परीक्षामा सहभागी परीक्षार्थीको परिणाम फेरबदल गरेको दाबीसहित उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
चालक अनुमति पत्रको लिखित परीक्षामा सहभागी एक सय ८० जना र प्रयोगात्मक परीक्षामा दुई सय ८३ जना परीक्षार्थीहरुको परीक्षाको परिणाम फेरबदल गरेको देखिएको अख्तियारका प्रवक्ता भोला दाहालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
नतिजा फेरबदलमा सहभागी सहायक कम्प्युटर अपरेटर नरेन्द्रकुमार कठरिया र पवनकुमार रावलको समेत संलग्नता देखिएकाले उनीहरुविरुद्ध समेत मुद्दा दायर गरेको आयोगले जनाएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar