• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ४, आईतबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

१ घण्टा अघि
२

वीरगञ्जको परवानीपुर क्षेत्रमा नाला तथा ढलान निर्माण सुरु

१ घण्टा अघि
३

कोहलपुरमा बृहत सरसफाई अभियान सम्पन्न

१ घण्टा अघि
४

विदेशी लगानीकर्ताको रोजाइमा सेवामुलक क्षेत्र

१ घण्टा अघि
५

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे

२ घण्टा अघि
६

गाजाको ‘सुरक्षित क्षेत्र’ अल–मावासीमा इजरायली बमबारी : ३६ जनाको मृत्यु

२ घण्टा अघि
७

आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

२१ घण्टा अघि
८

एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

१ दिन अघि
९

शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

१ दिन अघि
१०

भारतमा एप्पलको लगानीप्रति ट्रम्पको असन्तुष्टि, अमेरिकामा उत्पादनको जोड

२ दिन अघि
११

रुकुम पश्चिमका ६ स्थानीय तहमा १३ करोड बेरुजु : सबैभन्दा धेरै बाँफिकोटमा

२ दिन अघि
१२

सेयर बजारमा लगातार पाँचौं दिन गिरावट, नेप्से ८.४१ अंकले घट्यो

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    २ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    २ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    २ हफ्ता अघि
  • deuba and janardan ४

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    १ दिन अघि
  • rajendra sir photo ५

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    २१ घण्टा अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    २ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    २ हफ्ता अघि
  • bagmati pro photo ८

    खेलकुद महासंघ समाजवादीले प्रदेश सरकारलाई बुझाएको माग पत्रमा के छ !

    ४ हफ्ता अघि
  • hariharpur gadhi ९

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    ३ दिन अघि
  • cpn us sachiwalaya baithak १०

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    २ हफ्ता अघि
  • मेयर बालेनले ल्याएकाे नीति : काठमाडौंमा प्लाष्टिक प्रयोग गर्न नपाइने

    शुभयुग संवाददाताप्रकाशित मिति: २०८० अषाढ ७, बिहिबार (१ साल अघि)
  • २४३ पाठक संख्या
  • balen shaha

    काठमाडौं –  काठमाडौं महानगरपालिकाले आगामी साउन १ गतेदेखि प्लाष्टिकको प्रयोगलाई निषेध गर्ने भएको छ ।

    कामपा प्रमुख बालेन्द्र (बालेन) शाहले आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै साउन १ गतेदेखि एकल प्रयोगको प्लाष्टिकलाई निषेध गर्ने, प्लाष्टिकको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लाष्टिकको झोलाको प्रयोगलाई महानगर क्षेत्रमा प्रतिबन्ध लगाइने छ र यसको कार्यान्वयनलाई प्रभावकारी बनाइने जानकारी दिए ।

    कामपाले आफ्नो क्षेत्रभित्र निर्माण कार्यमा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तर र मापदण्ड निर्धारण गर्ने नीति लिएको छ । निर्माण गर्दा वातावरणीय प्रदूषण कम हुने, कामदारको उचित सुरक्षाको प्रत्याभूति हुने, स्वदेशी कामदारको ज्ञान, सीप र क्षमताको अधिकतम उपयोग सुनिश्चित हुनेगरी पूर्वाधार निर्माण कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याइने भएको छ ।

    कामपा क्षेत्रभित्रका सडकपेटीमा पैदल यात्रालाई सहज तथा सुरक्षित बनाउन एवं अपांगतामैत्री बनाउनका लागि सडक पेटीमा रहेका अवरोध ट्यांकी, पर्खाल, बिजुली तथा टेलिफोनका पोल तथा डिस्ट्रिब्युसन बक्स, कम्युनिकेशन बक्स जस्ता संरचना स्थानान्तरण गर्न कानून तर्जुमा गरी कार्यान्वयनमा ल्याइने नीति पनि कामपाको रहेको छ ।

    ‘उज्यालो सहर, मेरो महानगर’ परियोजनालाई गौरवका योजनाका रूपमा सञ्चालन गरिनेछ । महानगरका विभिन्न एक सय स्थानमा ‘हाई मास लाइट’ जडान गरिनेछ ।

    त्यसैगरी सार्वजनिक, ऐलानी, पर्ती, नदी उकास, नदी किनार, नदी करिडोर, गुठी तथा सरकारी जग्गाको लगत अद्यावधिक गरी सोको संरक्षण, संवर्द्धन तथा उपयोग गरिनेछ । महानगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाई खुला क्षेत्रका रूपमा विकास गरिनेछ ।

    सफा सार्वजनिक शौचालयमा नागरिकको पहुँच वृद्धि गर्नका लागि स्वर्णिम योजनाका रूपमा सार्वजनिक शौचालयको सुविधा उपलब्ध गराइनेछ । प्रत्येक बस स्टपलाई परम्परागतस्वरूपको फल्चामा रूपान्तरण गरिनेछ ।

    कामपाका सम्पूर्ण सडकलाई आगामी तीन वर्षभित्र गुणस्तरीय पक्की सडकमा रूपान्तरण गर्न र सडकपेटीको स्तरोन्नतिका लागि धुलोरहित काठमाडौं गौरवको योजना तर्जुमा गरी सञ्चालनमा ल्याइनेछ ।

    कामपाका मिश्रित घनाबस्ती क्षेत्रभित्र सहरी पुनः विकासको सम्भाव्यता अध्ययन गरिनेछ । हाल सञ्चालनमा रहेका जग्गा एकीकरण आयोजनालाई यसै आर्थिक वर्षभित्र सम्पन्न गरिनेछ ।

    कामपालाई खुल्ला संग्रहालयका रूपमा विकास गरिने

    कामपालाई खुला संग्रहालयका रूपमा विकास गर्न तथा यसको पहिचानलाई जोगाइ राख्न महानगर गौरवको योजना संस्कृति, सम्पदा र पर्यटनः महानगरको धनअन्तर्गत मूर्त तथा अमूर्त सम्पदाको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन गरिने भएको छ ।

    नेपाल भाषा, लिपि, साहित्य, कला, सीपको जगेर्ना गर्ने, स्थान तोकेर विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यका लागि स्थानीय समुदाय तथा कलाकारसँग सहकार्य गरी स्वर्णिम योजनाका रूपमा कार्यक्रम सञ्चालन गरिने नीति पनि कामपाले लिएको छ ।

    नीति तथा कार्यक्रममा ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्त्वका मठ, मन्दिर, बहाल, पोखरी, हिटी, चैत्य, स्तूप आदिको अभिलेख राखी संरक्षणको व्यवस्था मिलाइने उल्लेख छ । निजी क्षेत्र, व्यवसायी र स्थानीय समुदायसँग सहकार्य गरी महानगर क्षेत्रभित्र होमस्टे सञ्चालन गर्न कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याइने भएको छ ।

    विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको संरक्षण र व्यवस्थापनका लागि टेवा पु¥याइनेछ । बौद्धनाथ र स्वयम्भूलाई महानगरपालिका मातहत सञ्चालन र व्यवस्थापन गर्नका लागि आवश्यक समन्वय र कानूनी प्रबन्ध गरिने नीति पनि कामपाले लिएको छ ।

    स्थानीय समुदाय तथा विज्ञको समन्वय र सहयोगमा सम्पदा क्षेत्रमा सवारीसाधनको प्रवेशलाई निषेध गरिनेछ । सम्पदा संरक्षण र प्रवर्द्धन हुने परम्परागत शैलीका घर निर्माण गर्न घरधनीलाई प्रोत्साहित गरिनेछ । हनुमानढोका दरबार क्षेत्रदेखि स्वयम्भूसम्मको ‘हेरिटेज वाक’ लाई सञ्चालन गर्नेगरी कार्यक्रम अघि बढाइनेछ ।

    कामपा– ३२ स्थित तिनकुनेको जग्गाको मुआब्जासम्बन्धी विषयको समस्या समाधानका लागि संघीय सरकारसँग ठोस पहल गरी उक्त स्थानमा अन्तर्राष्ट्रियस्तरको पार्क निर्माण गर्ने योजनालाई निरन्तरता दिइनेछ ।

    सवारी साधनको प्रदूषण मापन गरी तोकिएको मापदण्डभन्दा बढी प्रदूषण निष्काशन गर्ने सवारी साधनलाई महानगर क्षेत्रमा सञ्चालन गर्न रोक लगाउन सम्बन्धित निकायसँग सहकार्य गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    कामपाको फोहर व्यवस्थापनमा रहेको लामो समयदेखिको अन्योललाई अन्त्य गरी आगामी आवभित्र ठोस योजनासहितको दिगो समाधानको कार्य प्राथमिकताका साथ कार्यान्वयन गरिने छ ।

    नीति तथा कार्यक्रममा कामपाभित्रको नदीनालाको नियमित सरसफाइ गर्न नदी सरसफाइ स्वर्णिम योजनाका रूपमा सञ्चालन गरिने जनाइएको छ । यसका लागि आवश्यक उपकरण खरिद गरी संस्थागत क्षमता विकास गरिने तथा वाग्मती तथा विष्णुमती नदीमा फोहर पानी प्रशोधन केन्द्रको स्थापना गरिनेछ ।

    कामपालाई आवश्यक पर्ने सवारी साधन खरिद गर्दा विद्युतीय सवारी साधन खरिद गर्ने नीति लिइनेछ । सार्वजनिक स्थानमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोग तथा बेचबिखनलाई रोक लगाइने छ ।

    मालपोत र नापीसम्बन्धी कार्यलाई महानगरपालिका मातहत सञ्चालनमा ल्याउन आवश्यक समन्वयसहित नीतिगत प्रबन्ध गरिनेछ ।

    कामपाको सेवा प्रवाह १६ घण्टामा विस्तार गरिने

    महानगर प्रमुख शाहले अत्यावश्यक सेवा परिभाषित गरी सेवा प्रवाहलाई १६ घण्टासम्म सञ्चालन गरिने जानकारी दिए ।

    उनका अनुसार कामपाअन्तर्गतका कार्यालयका सबै सेवा प्रवाह विन्दुमा ‘वन स्टप सर्भिस सेन्टर’ स्थापना गरी क्रमिकरूपमा सञ्चालनमा ल्याइनेछ । कामपाको निर्णय प्रक्रियालाई पारदर्शी, सहज, सूचना प्रविधिमैत्री, सेवाग्राहीमैत्री, कुशल एवं प्रभावकारी बनाइनेछ ।

    नीति तथा कार्यक्रममा संघ तथा प्रदेशबाट प्राप्त हुने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम महानगरपालिकाको पूर्वसहमति एवं समन्वयबिना छनोट भएका योजना तथा कार्यक्रम कार्यान्वयन नगरिने व्यवस्था गरिनेछ ।

    सेवा केन्द्रका रूपमा सेवा प्रवाह गरिरहेका वडा कार्यालयको काम कारबाहीलाई थप प्रभावकारी र अधिकार सम्पन्न बनाउन थप कर्मचारी, भौतिक पूर्वाधार तथा आवश्यक स्रोत साधनको व्यवस्था मिलाइने बताइएको छ ।

    वार्षिकरूपमा एक लाख रुख बिरुवा रोप्ने

    वार्षिकरूपमा एक लाख रुख बिरुवा रोपी महानगरलाई हराभरा बनाउन ‘मेरो रहर, हरित सहर’ गौरवको योजनाको रूपमा कार्यक्रम सञ्चालन गरिनेछ ।

    चराचुरुंगीको वासस्थान सुनिश्चित गर्नका लागि महानगरभित्र रहेका सहरी जंगलको संरक्षण तथा संवर्द्धन गर्न आवश्यक प्रबन्ध मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    महानगर क्षेत्रभित्रको सम्भावित स्थानमा पोखरी स्थापना गर्न सम्भाव्यता अध्ययन गरिने र यस विषयमा छिमेकी नगरपालिकासँग समेत समन्वय र सहकार्य गरिने कार्यक्रमा बताइएको छ ।

    वायु, ध्वनि, दृश्यलगायत विभिन्न प्रदूषण नियन्त्रणसम्बन्धी अध्ययन अनुसन्धान गरी नीतिगत व्यवस्था गरिने नीति कामपाले लिएको छ ।

  • subhayug
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

  • वीरगञ्जको परवानीपुर क्षेत्रमा नाला तथा ढलान निर्माण सुरु

  • कोहलपुरमा बृहत सरसफाई अभियान सम्पन्न

  • विदेशी लगानीकर्ताको रोजाइमा सेवामुलक क्षेत्र


  • समाचार
  • १

    सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
    १ घण्टा अघि

  • २

    वीरगञ्जको परवानीपुर क्षेत्रमा नाला तथा ढलान निर्माण सुरु
    १ घण्टा अघि

  • ३

    कोहलपुरमा बृहत सरसफाई अभियान सम्पन्न
    १ घण्टा अघि

  • ४

    विदेशी लगानीकर्ताको रोजाइमा सेवामुलक क्षेत्र
    १ घण्टा अघि

  • ५

    प्रतिनिधि सभाको बैठक बिहान ११ बजे
    २ घण्टा अघि

  • ६

    गाजाको ‘सुरक्षित क्षेत्र’ अल–मावासीमा इजरायली बमबारी : ३६ जनाको मृत्यु
    २ घण्टा अघि

  • ७

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे
    २१ घण्टा अघि

  • ८

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि
    १ दिन अघि

  • ९

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 
    १ दिन अघि

  • १०

    भारतमा एप्पलको लगानीप्रति ट्रम्पको असन्तुष्टि, अमेरिकामा उत्पादनको जोड
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    oli with us ldr
    २ हफ्ता अघि

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    सामाजिक सञ्जालबाट
    १

    गाजाको ‘सुरक्षित क्षेत्र’ अल–मावासीमा इजरायली बमबारी : ३६ जनाको मृत्यु

    subhayug
    २

    भारतमा एप्पलको लगानीप्रति ट्रम्पको असन्तुष्टि, अमेरिकामा उत्पादनको जोड

    subhayug
    ३

    मन पर्ने गोलको भिडियो सार्वजनिक गर्दै मेसी

    subhayug
    ४

    अमेरिका–चीन व्यापार सम्झौता सम्पन्न, जेनेभामा दुई दिनको वार्तापछि सहमति

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Resham Tamang 9841266912

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution