तनहुँ– पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
आज मुग्लिनबाट लमजुङतर्फ जाँदै गरेको ना ६ ख ३०१६ नम्बरको ट्रकलाई बा ७० प ९४७४ नम्बरको मोटरसाइकले ओभरटेक गर्ने क्रममा ट्रकसँग ठोक्किएर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले बताएको छ ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार लमजुङको सुन्दरबजार नगरपालिका–९ बस्ने ५८ वर्षीय चन्द्रबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोक घर भई हाल काठमाडौं बूढानीलकण्ठ नगरपालिका–३ बस्ने ५५ वर्षीय राजु गुरुङ घाइते भएका छन् । उनको आँबुखैरेनी अस्पताल उपचार भइरहेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar