२०८१ जेष्ठ ४, शुक्रबार
काठमाडौं– दुर्घटनामा आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित तीन जनाको ज्यान गए पछि आज सुदूरपश्चिम प्रदेशमा शोक बिदा दिइएको छ ।
आज सुदूरपश्चिम प्रदेशका सरकारी तथा सार्वजनिक निकायमा नेपालको राष्ट्रिय झन्डा आधा झुकाइने छ । गृहजिल्ला बझाङ जाने क्रममा मन्त्री चढेको सुदूरपश्चिम प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा नजिकै हिजो दुर्घटना भएको थियो ।
दुर्घटनामा मन्त्री सिंहसहित उनकी श्रीमती अमृता र भाउजु जयादेवी सिंहको ज्यान गएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar