काठमाडौं– आज अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ देखि जुन २१ तारिखमा अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।
नेपालले भने यस अघिदेखि नै योग दिवस मनाउने गरेको थियो । २०३६ सालको माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर नेपालमा योग दिवस मनाउन थालिएको थियो ।
माघ १ गते मनाउने गरिएको योग दिवस जुन २१ तारिखमा सारेपछि अभियानकर्मीले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गर्न माग गरेका थिए ।
त्यसपछि सरकारले २०७२ साल साउन २८ गते माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो । नेपाल संस्कृत विश्वविद्यालयमा छ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar