काठमाडौं– तराई मधेसमा तीन सातादेखि बढेको गर्मीका कारण महोत्तरी जिल्लामा आँखा रोगीको सङ्ख्यामा वृद्धि भएको छ । जलेश्वरस्थित आँखा तथा कान उपचार केन्द्रका अनुसार अत्यधिक गर्मीका कारण आँखाका बिरामीको सङ्ख्यामा तीन सातादेखि प्रत्याशित रुपमा वृद्धि भएको छ ।
केन्द्रका प्रमुख दृष्टि विशेषज्ञ डा वीरेन्द्रकुमार यादवले अहिले गर्मीका कारण आँखामा एलर्जी, आँखा पाक्ने, आँखा सुक्खा हुने, आँखा पाक्ने, आँखा चिलाउने, आँखा पोल्नेलगायत समस्या लिएर बिरामी आउन थालेका जानकारी दिए । उहाँका अनुसार केन्द्रमा अहिले औसतमा ७० जनासम्म आँखाका बिरामी उपचारका लागि आउने गरेका छन् ।
डा यादवले आँखामा हुने विभिन्न समस्याको प्रमुख कारणका रुपमा अत्यधिक गर्मी, गर्मीसँगै चल्ने तातो हावा, धुलो र धुवाँ रहेको बताए ।
उनले यसबाट बच्न तराई मधेसलगायत गर्मी बढी हुने ठाउँमा बस्ने सम्पूर्ण व्यक्तिलाई पूरै आँखा ढाक्ने चस्माको प्रयोग गर्ने, पटक पटक सफा चिसो पानीले आँखा सफा गर्ने, अनावश्यक घरबाहिर ननिस्कने, निस्कनै परे छाताको प्रयोग गर्ने बताए ।
साथै उनले अहिले आँखाको समस्या हुन नदिन सबैले अनिवार्य रुपमा हरियो सागपात, फलफूल बढी मात्रामा प्रयोग गर्न सल्लाह दिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar