२०८१ जेष्ठ ३, बिहिबार
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले बरु सरकार छाड्ने तर, कसैसँग झुकेर सम्झौता नगर्ने अठोट ब्यक्त गरेका छन् ।
माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टरका पदाधिकारीहरुसँग आज विहान बालुवाटारमा उनले भ्रष्टाचारीहरूलाई जोगाएर सरकारमा बस्नु भन्दा बरु सरकार छाड्न तयार हुने बताएका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणको प्रशंगमा दाहालले सत्ता स्वार्थकै लागि कसैलाई उन्मुक्ति दिने पक्षमा नरहेको बताए । आफू संसदमा वान मेन आर्मी जस्तो हुनुपरेको गुनासो गर्दै उनले सभामुख समेत विपक्षीसँग मिलेर आफूलाई असहयोग गरेको आरोप लगाए ।
आफ्नो भारत भ्रमण अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट र फलदायी भएको दाबी गर्दै दाहालले पछिल्ला ६० वर्ष यताको अवधिमा पहिलो पटक भारतसँग राम्रो सम्बन्ध जिकीर गरे ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar