काठमाडौं– फ्रान्सको ब्रिट्नीको सेन्ट–हर्बोटमा ११ वर्षीया बेलाइती बालिकाको आइतबार गोली हानी हत्या भएको छ ।
बगैंचामा देखिएको विवादका क्रममा उनको छिमेकीले गोली हानेको स्थानीय मेयरको कार्यालयलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । आक्रमणमा उनका आमाबुवा गम्भीर घाइते भएका छन्। उनकी आठ वर्षीया बहिनी भने भागेकी थिइन् ।
उनको परिवार बगैचामा बसेको बेला ७१ वर्षीय डच छिमेकीले बन्दुक लिएर आक्रमण गर्न आएको बताइएको छ। घटनामा ११ वर्षीया बालिका मृत अवस्थामा फेला परेको र आमा बाबुलाई गम्भीर चोट लागेको छ ।
घटनाको एक घण्टा पछि आक्रमणकारीले आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ ।
प्लोनेभेज–डु–फाउ रेजिन गुइलोटको टाउन हलका कर्मचारीका अनुसार बगैंचाको सिमानामा रहेका रूखहरू काट्ने विषयमा असहमतिका कारण गोली हानाहान भएको हो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar