२०८१ जेष्ठ ४, शुक्रबार
काठमाडौं– नेपाली काँग्रेसका सांसद दीपक गिरीले काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र शाह (बालेन)ले सांसदहरुलाई वडाअध्यक्षको स्तरमा पु¥याइदिएको भन्दै सलाम गरेका छन् ।
संसद गिरीले आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरुको कुनै हैसियत नभएको भन्दै आफुलाई झोले सांसदको संज्ञा दिएका छन् ।
यसका साथै उनले आगामी आर्थिक वर्षदेखि बजेट घोषणा बिहान १० बजे गर्नुपर्ने बताएका छन् । सांसद गिरीले भारतको तत्कालिन कम्पनी सरकारको सिको गर्दै नेपालमा पनि दिउँसो ४ बजे बजेट घोषणा गरिएको भन्दै आगामी आर्थिक वर्षदेखि बिहान १० बजे घोषणा गर्नुपर्ने बताए ।
तत्कालिन भारतमा कम्पनी सरकार रहँदा बेलुका ४ बजे घोषणा गर्नुको रहस्य इंल्याण्डमा बिहान १० बजेको हुने र ब्रिटिशहरुलाई उपयुक्त समय पारिएको भन्दै नेपालले त्यो कुराको सिको गरिरहनु आवश्यक नभएको उनले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar