काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले नेपाल–भारतबीचको सीमासम्बन्धि विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत् समाधान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गम्भीर ढंगले आग्रह गरेको बताएका छन् ।
आज प्रतिनिधिसभा बैठकमा आफ्नो भारतको चार दिने औंपचारिक भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् । उनले दुई मुलुकबीचको सीमालगायतका थाँति रहेका सबै समस्याहरुको समाधान गरिनेछ भनेर भारतीय प्रधानमन्त्री मोदीले सीमा सम्बन्धि हालसम्मका स्पष्ट विचार राखेको पहिलो पटक भएको दावी समेत गरे ।
प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री मोदीले संयुक्त प्रेसमिटको अवसरमा दिएको सीमासम्बन्धि समस्या समाधान गर्ने अभिव्यक्तीलाई आफूले सकारात्मक अभिव्यक्तिको रुपमा लिएको बताए ।
उनले आफूले भारतीय प्रधानमन्त्री मोदीसँग गम्भिर रुपले सीमा समस्या समाधानका विषयमा कुरा गरेको जिकीर समेत गरे । प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री मोदीले सीमा समस्या समाधानका लागि आफू गम्भिर भएर लागिपर्ने बताएको पनि संसदलाई जानकारी गराएका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar