काठमाडौं– तराईका जिल्लामा अझै केही दिन तातो हावा र लू चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
केही दिनदेखि तराईका धेरैजसो जिल्लाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा धेरै छ । केही ठाउँमा ४१ डिग्री सेल्सियसको हाराहारीमा समेत पुगेको छ ।
बिहान सबेरैदेखि बेलुकासम्म नै घाम चर्किँदा तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । मौसमविद् सञ्जीव अधिकारीका अनुसार अधिकतमसँगै न्यूनतम तापक्रम समेत बढिरहेकाले गर्मी धेरै भएको छ । अझै केही दिनको मौसम यस्तै रहने अनुमान रहेकाले सतर्कता अपनाउन मौसमविद् अधिकारीको सुझाव छ ।
यस्तै, पहाडी जिल्लामा पनि गर्मी बढेको छ । पहाडी केही ठाउँमा बेलुकीपख मौसम आंशिक बदली भए पनि पानी परेको छैन । गर्मी लगातार बढिरहेकाले खानपान र सरसफाइमा ख्याल गर्न स्वास्थ्य विज्ञले आग्रह गर्दै आएका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar