काठमाडौं– विपक्षी ३ राजनीतिक दलले गरेको अवरुद्ध प्रतिनिधिसभा बैठक सञ्चालनको प्रयास असफल भएपछि सूचना टाँस गरेर भोलि सोमबारसम्मका लागि बैठक सारिएको छ ।
आइतबार ११ बजेपछि बसेको आइतबारको बैठकमा विपक्षी दलहरू एमाले, रास्वपा र राप्रपाका सांसदहरूले निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरण गरेर असंवैधानिक काम गरेको, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण विवादास्पद रहेको र अदालतको फैसलाको पूर्ण पाठ नआउँदै कैदीलाई आममाफी दिएको विषयमा विरोध जनाउँदै बैठक अवरुद्ध गरेका थिए ।
प्रमाणीकरण भएको विधेयक रद्द गर्नुपर्ने, संसदमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने माग गर्दै संसदमा नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले १ घण्टाका लागि बैठक स्थगित गरेका थिए ।
बैठक स्थगन लगतै अवरुद्ध संसद् खुलाउन सभामुख घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतक र सचेतकसँग अनौपचारिक छलफल गरेको उनका प्रेस सल्लाहाकार शेखर अधिकारीले जानकारी दिए ।
उनीहरुसँग कुरा नमिलेपछि आजको बैठक बस्न नसक्ने विशेष कारण देखाउँदै भोलि अर्थात जेठ २२ गते सोमबार बिहान ११ बजे बस्नेगरी समय निर्धारण गरिएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar