काठमाडौं– सेयर लगानीकर्ताहरूले ब्रोकर कार्यालयमा ताला लगाइदिएपछि सेयर बजार प्रभावित बनेको छ ।
लगानीकर्ताले अहिले तिर्दै आएको ५ र ७ दशमलव ५ प्रतिशत पुँजिगत लाभकर नै अन्तिम कायम गर्नुपर्ने माग राखेका छन् ।
ब्रोकर कार्यालयमा ताला लगाएका कारण अनलाइनबाट कारोबार गर्ने लगानीकर्ताले पनि सेयर खरीदबिक्री गर्न पाएका छैनन् । लगानीकर्ताले आगामी आर्थिक वर्षको आर्थिक विधेयक शंसोधन नभएसम्म शेयर कारोबार नगर्ने चेतावनी दिँदै सबै ब्रोकर कार्यालयमा तालाबन्दी गरेका हुन् ।
अर्थमन्त्री प्रकाशशरण महतलाई भेट्न उनको निवासमा गएका आन्दोलनकारीहरुलाई प्रहरीले रोकेपछि उनीहरु त्यहाँबाट फर्केर विभिन्न ब्रोकर कार्यालयहरुमा पुगी तालाबन्दी गरेका हुन ।
प्रस्तावित नयाँ कर ब्यवस्था संशोधन नभएसम्म कारोबार हुन नदिने लगानीकर्ताको अडान छ । यसैबीच, धितोपत्र दलाल व्यवसायीहरुको छाता संगठन स्टक ब्रोकर्स एसोसिएसनले शेयर लगानीकर्ताहरुको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै निर्वाध कारोबार गर्ने वातावरण मिलाइदिन माग गरेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar