काठमाडौं– दार्चुलामा करेन्ट लागेर एकजना शिक्षकको मृत्यु भएको छ । अपिहिमाल गाउँपालिका –३ का दमनसिंह कार्कीको मंगलबार करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
शिक्षक कार्की अपिहिमाल गाउपालिका–४ स्थित सरस्वती आधारभूत विद्यालय मरखोलामा बिगत ८ वर्ष देखि अध्यापनरत रहेका थिए ।
आफ्नै घर नजिकको बिजुलीको पोलमा चढेर विद्युत मर्मत गरिरहेका बेला करेन्ट लागेर कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar