काठमाडौं– नेपाली कांग्रेसका कोशी प्रदेशका जिल्ला सभापतिहरूले प्रदेशको नाममा पुनर्विचार गर्न आग्रह गरेका छन् ।
कोशी प्रदेशका १४ वटै जिल्लाका सभापतिहरूले विज्ञप्ति निकाल्दै प्रदेशको नाममा पुनर्विचार गर्न आग्रह गरेका हुन् ।
नेपाली कांग्रेसले मात्र संघीयताको मर्म र भावनालाई आत्मसात् गर्दै गल्ती कमजोरी सच्याउने साहस गर्ने दाबी गर्दै विज्ञप्तिमा भनिएको छ, ‘यही तथ्यलाई ध्यानमा राखी हामी कोशी नाम सम्बन्धमा पुनर्विचार गर्न पार्टी नेतृत्व तथा प्रदेश सभासँग विशेष आग्रह गर्दछौँ ।’
विज्ञप्तिमा प्रदेश नम्बर १ को नाम कोशी राखिएकोमा गम्भीर आपत्ति जनाउँदै प्रदेशका जनता आन्दोलित भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
आन्दोलनमा संयमित हुन आन्दोलनकारीलाई विशेष आग्रह गर्नुका साथै विज्ञप्तिमा जिम्मेवार बनेर मानवअधिकारको सम्मान गर्न तथा विरोध गर्न पाउने मौलिक हकको सम्मान गर्न पनि माग गरिएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar