२०८१ जेष्ठ ६, आईतबार
काठमाडौं– सर्वाेच्च अदालतले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न नमिल्ने दाबीसहितको रिट दरपीट गरेको छ ।
कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहनु भएका कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषदले गत वैशाख २५ गते सिफारिस गरेको थियो ।
वैशाख २७ गते त्यसको जानकारी संसद सचिवालयलाई गराइएको थियो । संसद सचिवालयले त्यसलाई संसदीय सुनुवाइ समितिमा पठाएको थियो ।
समितिको मंगलबार बसेको बैठकले कार्कीविरुद्ध कुनै उजुरी भए यही जेठ २६ गतेभित्र दिन आह्वान गर्ने निर्णय गरेको थियो । कानुनी रिक्तताका कारण कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न नमिल्ने दाबीसहित ध्रुवलाल श्रेष्ठले रिट दर्ता गराउन खोजेपछि सर्वोच्च प्रशासनले दरपीट गरिदिएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar