२०८१ आश्विन ३०, बुधबार
काठमाडौं– भारतको नयाँदिल्लीमा आफ्नो उपचार क्रममा भएको खर्च राष्ट्रपति रामचन्द्र पौडेल स्वयंले बेहोर्ने भएका छन् ।
राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले प्रेस नोटमार्फत उक्त जानकारी दिएका हुन् ।
‘उपचारका क्रममा भएको खर्च राष्ट्रपति स्वयंले बेहोर्न चाहेको जानकारीका लागि अवगत गराइन्छ,’ प्रेस नोटमा भनिएको छ ।
स्वास्थ्यमा समस्या आएपछि उनी शुरुमा त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । त्यहाँबाट स्वास्थ्यमा सुधार नआएपछि उनलाई नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा एयर एम्बुलेन्समार्फत लगिएको थियो ।
राष्ट्रपति पौडेल उपचारपछि आइतबार राति स्वदेश फिरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar