काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अहिलेको सरकारमा सहभागिता जनाउने कि नजनाउने भन्ने विषय शुक्रबार मात्रै निर्णय लिने भएको छ ।
आज पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले सरकारमा जाने वा नजानेबारे आ–आफ्ना धारणा राखेका थिए ।
महामन्त्री डा. मुकुल ढकालले सरकारमा जाने वा नजानेबारे शुक्रबार पार्टीले निर्णय लिने पत्रकारहरूलाई बताए ।
‘पार्टी सरकारमा जाने वा नजानेबारे आगामी शुक्रबार केन्द्रीय समिति र संसदीय दल बैठक गरेर निर्णय लिन्छौं,’ उनले भने, ‘सरकारमा जाने कि प्रतिपक्षमा बस्ने निर्णय वैशाख २२ गते हुन्छ।’
रास्वपाले अहिलेको सरकारलाई समर्थन गरिरहेको छ । साविककै मन्त्रालय पाउने स्थिति बनेमा र सरकारका न्यूनतम साझा कार्यक्रम पुनर्लेखन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयार भएमा सरकारमा जान सकिने विषयसमेत बैठकमा उठेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar