काठमाडौं– आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गोविन्द झाका अनुसार आज पहाडीसहित तराईका जिल्लामा दिउँसो पछि हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ ।
काठमाडौंमा दिउँसो ११÷१२ बजेपछि पानी पर्ने सम्भावना देखिएको मौसमविद् झाले बताए । आज तराईका जिल्लामा हावाहुरीसमेत चल्ने उनले बताए । दुई दिनयता देशका धेरै ठाउँमा वर्षा भइरहेको छ ।
पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावका कारण मौसम बदली भइ पानी परेको हो । यो क्रम पर्सि बुधवारसम्म नै रहने अनुमान गरिएको छ । भरे बेलुका फेरि पश्चिमी क्षेत्रबाट अर्को प्रणाली भित्रने सम्भावना रहेकाले पर्सिसम्म नै मौसम बदली भइ धेरै ठाउँमा पानी पर्ने मौसमविद् गोविन्द झाले जानकारी दिए ।
पानी पर्न थालेसँगै अधिकतम तापक्रम केही घटेको छ । यसले तराईका जिल्लामा गर्मी कम भएको छ । काठमाडौमा भने चिसो छ । प्रि–मनसुनको समयमा कतिपय ठाउँमा आरीघोप्टे वर्षासमेत हुने अर्का मौसमविद् शान्ति कँडेलले बताइन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar