काठमाडौं– अनुचित लेनदेन अर्थात् मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगले जनकपुरधाममा केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको छ ।
कार्यालय सञ्चालनसँगै पीडितहरूको निवेदन सङ्कलन पनि सुरु गरेको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए ।
पीडितले आज आइतवारदेखि वैशाख ३१ गतेसम्म जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सक्नेछन् । उनीहरूले अनलाइनबाट आयोगमा वा जिल्ला प्रशासन कार्यालयमा पुगेर निवेदन दिन सक्ने अध्यक्ष कार्कीले बताए ।
७७ वटै जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज पीडित सहायता कक्ष स्थापना गरिएको छ । सहायता कक्षमा निवेदन फाराम निःशुल्क उपलब्ध हुनेछ । निवेदन फाराम जिल्ला प्रशासन कार्यालयकै कर्मचारीले भरिदिने प्रबन्ध गरिएको अध्यक्ष कार्कीले बताए ।
सरकारले मिटरब्याज पीडितको माग सम्बोधन गर्नका लागि गएको चैत २० गते तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar