२०८१ जेष्ठ ५, शनिबार
काठमाडौं– सरकार र माइतीघरमा धर्ना बस्दै आएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच आज आइतवार भएको छलफल सकारात्मक भएको छ । दुवै पक्षबीच सकेसम्म आज बेलुकासम्म वार्ता टोली गठन गर्ने र थप छलफल अगाडि बढाउने निर्णय भएको वैज्ञानिक पुनले जानकारी दिए ।
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, मुख्य सचिव शंकरदास वैरागी र महावीर पुनको टोलीबीच आज रक्षा मन्त्रालयमा छलफल भएको थियो । आफ्ना माग सरकारले भोलि सोमवारसम्ममा पूरा गर्ने प्रतिबद्धता जनाएको पनि पुनले बताए । भोलिसम्ममा कागजमा कस्तो हुन्छ, त्यसलाई हेरेर थप निर्णय गर्ने पनि उनको भनाइ छ ।
वैज्ञानिक पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा बजेट मागसहित अस्ति शुक्रवारदेखि माइतीघरमा धर्ना थालेका हुन् । अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा विकास बजेटको एक प्रतिशत रकम छुट्याउनुपर्ने लगायतका आफ्नो माग पूरा नभएपसम्म धर्ना कायम रहने उनको भनाइ छ ।
माग पूरा गराउनका लागि सरकारलाई दबाब दिन माइतीघरमा धर्ना सुरु गरेका वैज्ञानिक पुनलाई युवा तथा विभिन्न राजनीतिक दल र सङ्घ–संस्थाले पनि साथ दिएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar