काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन् ।
वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन –२ बाट प्रतिनिधि सभा सदस्यमा दोस्रो पटक निर्वाचित भएपछि सभापति लामिछानेले पहिलो पटक प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।
भेटमा प्रधानमन्त्री प्रचण्डले सभापति लामिछानेलाई सरकारमा सहभागी हुन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई मिलेर चुनौतीको सामना गर्न र अहिलेको संकटबाट मुलुकलाई पार लगाउन पनि आग्रह गरेका थिए ।
सभापति लामिछानेले भने पार्टीमा छलफल गरेर जवाफ दिने बताएको बुझिएको छ ।
रास्वपाले सरकारमा जाने नजाने विषयमा औपचारिक निर्णय लिन भोलि सोमबार केन्द्रीय समिति बैठक बोलाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar