२० भदौ,काठमाण्डौ – महालक्ष्मी विकास बैंकले ऋणी ललितपुरकी बिष्णुदेवी महर्जनको २५ तोला सुन फिर्ता गरेको छ ।
गत केहिदीन अघीबाट शुभयुसग डट कम लगायतका केहि संचारमाध्यमबाट बैंकले ऋणीले सम्पूर्ण रकम चुक्ता गरिसक्दा पनि धितोको रुपमा राखेको सुन नक्कली भएको भनी फिर्ता दिन आनाकानी गरेको भन्दै समाचार प्रकाशन प्रशारण गरेपस्चात् महालक्ष्मी विकास बैंकले ऋणीको सुन फिर्ता गरेको हो ।
समाचार प्रकाशन पछी बैंकले ऋणीलाई बोलाएर सुन फिर्ता दिएको हो । बैंकले एक विज्ञप्ति जारी गरी सुन फिर्ता दिएको जानकारी गराएको हो । ‘गत शुक्रवार ऋणीले कर्जाको सम्पूर्ण साँवा व्याज भुक्तानी गरी धितोमा राखिएको सुन बुझिलिनु भएको व्यहोरा जानकारी गराउँदछौं । बैंक आफ्ना ग्राहकहरूप्रति सधैं संवेदनशील रहने र भविष्यमा पनि ग्राहक महानुभावहरुको हितलाई मध्यनजर गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दर्छौ,’ विज्ञप्तिमा भनेको छ ।
महर्जनले २०७२ मा ऋण लिँदा २५ तोला सुन धितोमा राखेर १५ लाख ऋण लिएकी थिइन् । ५ वर्षपछि ऋण चुक्ता गरेर सुन फिर्ता माग्दा बैंकले सुन नक्कली भएको जवाफ दिएको थियो । धितोमा राखेको सुन ५ वर्षपछि कुमारीपाटी शाखाका प्रबन्धक सुनिल कुमार नेपालले ‘नक्कली’ भनेर फिर्ता दिन अस्वीकार गरेपछि महर्जनले महानगरीय प्रहरी परिसर ललितपुरमा उजुर समेत गरेकी थिइन् ।
पहिला सुन फिर्ता दिन आनाकानी गरेको बैंकले शुक्रबार आफूलाई बोलाएर फिर्ता दिएको महर्जनले बताइन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar