• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
Advertisement
SKIP THIS
२०७९ अषाढ २१, मंगलबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता

१ दिन अघि
२

काठमाडौं उपत्यकाका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु

१ दिन अघि
३

हिमालयन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन

२ दिन अघि
४

किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी

२ दिन अघि
५

डोमेन लिनुभयो ? : यसरी गर्नुहोस् निःशुल्क वेब होस्टिङ !

२ दिन अघि
६

अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा

२ दिन अघि
७

विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण

२ दिन अघि
८

लिवियाको संसद भवनमा आगजनी र तोडफोड

२ दिन अघि
९

बुद्धनगरको केएमसी होस्टलमा २१ बर्षिय युवती मृत फेला

२ दिन अघि
१०

सिम्ले बजारमा माछापुच्छ्रे बैंकको शाखा विस्तार

२ दिन अघि
११

केन्द्रीय गठबन्धनको निर्णयविना मुख्यमन्त्री पाण्डेले राजीनामा नदिने

२ दिन अघि
१२

अर्थतन्त्र सङ्कटमा : विकासको नाममा एकै दिन सकियो १२ अर्ब ५४ करोड

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • bagmati with pande १

    वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

    ४ दिन अघि
  • khunraj sir २

    एकिकृत समाजवादीका नेता थापा अस्वस्थ : एस्तो छ अवस्था

    २ हफ्ता अघि
  • rajendra sir photo ३

    वाग्मती प्रदेशको चक्रपथले खुल्नेछ विकास र समृद्धिको ढोका : यस्तो छ मुख्यमन्त्रीको योजना

    ३ हफ्ता अघि
  • budhigandagi sarokar ४

    बुढीगण्डकी आयोजनाका अधिकारी र बैंक कर्मचारीबीच कमिसनको खेल : डुवान प्रभावितहरुले अझै पायनन् मुआव्जा

    २ हफ्ता अघि
  • united cement dhulo ५

    युनाईटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ र धुलोका कारण स्थानियलाई बसाँई सर्नुपर्ने बाध्यता

    २ हफ्ता अघि
  • okheldhunga pahiro ६

    पहिरोले घर पुरिंदा धादिङमा एकजना बेपत्ता

    ३ हफ्ता अघि
  • hetauda sava ७

    भिनाजुले बजेट दिने, सालोले डोजर चलाउने काम परिपाटी बन्द होस् : मुख्यमन्त्री पाण्डे

    ३ हफ्ता अघि
  • mal ८

    काठमाण्डौं लैजाँदै गरेको दुई ट्रक मल धादिङका किसानद्धारा कब्जा

    २ हफ्ता अघि
  • cm rajendra pande ९

    बालुवाटारमा बनेको सरकार हो : मुख्यमन्त्री फेरिने सम्भावना छैन (अन्तर्वार्ता)

    २ हफ्ता अघि
  • balen and rajendra pande १०

    मुख्यमन्त्री पाण्डे र बालेन साहबीच भेटवार्ता

    १ महिना अघि
  • महालक्ष्मी विकास बैंकको सिईयो र हाकिमले मिलेमतोमा ऋणीको धितो बापतको २५ तोला सुन गाएव पारेपछी पिडितको रुवाबासी

    न्युज डेस्कप्रकाशित मिति: २०७८ भाद्र १६, बुधबार (१० महिना अघि)
  • ३२२४ पाठक संख्या
  • टर्चर दिँदै ऋण असुली : धितो माग्दा उल्टै ठगी मुद्धा चलाउने धम्की

    bishnu devi mahalaxmi bank thagi

    १६ भदौ,ललितपुर – ललितपुरको ललितपुर महानगरपालिका कुमारीपाटी स्थित् महालक्ष्मी विकास बैंकले पत्याउनै नसक्नेगरी एक ऋणीमाथी ठगीधन्दा मच्चाएको खुलाशा भएको छ ।

    बैंकले ललितपुरकी ऋणी विष्णुदेवी महर्जनले ६ बर्षअघी धितो बापत राखेको २५ तोला सुनलाई नक्कली बनाई जवरजस्त ऋण चुक्ता गराएपछी बैंकको ठगिधन्दाबारे खुलाशा भएको हो । महर्जनले गत ६ बर्षअघी महालक्ष्मी विकास बैंकबाट १४ लाख बढी  ऋण लिएकी थिईन । ऋण लिनैका लागी उनले आफुसंग भएको २५ तोला सुन धितो बन्धकी राखेकी थिइन् ।

    क्रमशः ऋण बापतको साँवा र व्याज तिरीरहँदा पनि बैंकले अनावश्यक टर्चर दिन थालेपछी उनले बैंकको ऋण बापतको बाँकी रहेको रकम चुक्ता गरिन् तर २०७२ मा ऋण लिँदा उनले बैंकमा धितो स्वरुप राखेको २५ तोला सुन ६ वर्षपछि ऋण चुक्ता गरेर सुन फिर्ता माग्दा बैंकको जवाफले उनी छाँगाबाट खसेजस्तै भइन् ।

    यस्तो छ घटनाको नालीबेली :

    ललितपुर महानगरपालिका – ११ चाकुपाट घर भएकी विष्णुदेवी महर्जनले बि.सं.२०७२ सालमा महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखाबाट ऋण लिएकी थिइन् ।

    ऋण लिँने क्रममा विष्णुदेवीले आफुसंग भएको २५ तोला सुन धितो राखेकी थिईन् । । तर बैंकको अनाबश्यक टर्चरका कारण ६ वर्षपछि ऋण चुक्ता गरेर सुन फिर्ता माग्दा बैंकको जवाफले उनी छाँगाबाट खसेजस्तै भइन् । ६ वर्षअघि धितो राखेको सुन कर्जा चुक्ता गरेर कर्जा शाखाबाट आफ्नो धितो बापतको सुन झिक्न जाँदा कर्जा शाखाका अधिकारीले ‘तपाँईको सुन पित्तल बनिसक्यो’ भन्दै धम्कि दिन थालेपछी आफुलाई योजनाबद्ध तरिकाले बैंकले ठगी गरेको विष्णुदेवीले खुलाशा गरेकी हुन् ।

    ललितपुरको कुमारीपाटीस्थित महालक्ष्मी विकास बैंकले ललितपुरकै स्थानिय विष्णुदेवी महर्जनमाथी यस्तो ठगीधन्दा मच्चाएको हो । ऋणी बिष्णुदेवीले घरयासी प्रयोजनका लागी रकम आवश्यकता परेपछी आफुसंग भएको अन्दाजी २४८ ग्राम अर्थात २२ तोला सुन महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखामा धितो बन्धकी राखेकी थिइन् । उक्त धितोबापत उनले रु. ८ लाख ५४ हजार रुपैयाँ कर्जा लिएकी थिइन् । यद्धपी छ वर्षसम्म उनले सावा र ब्याज क्रमश तिर्दै आएको बताएकी छिन् ।

    कोभिड १९ को महामारी सुरु भएपछि व्यापारमा मन्दी आएपछी बैंकको किस्ता तिर्न विष्णुदेवीलाई हम्मे हम्मे पर्न थाल्यो । तर बैंकले भने विष्णुदेवीको व्यापारमा मन्दी आएको र उनी आर्थिक शंकटमा परेको थाहा पाएपछी कोभिड माहामारी र लकडाउनकै समयमा पनि निरन्तर रुपमा मौखिक र लिखित ताकेता गरिरह्यो ।

    बैंकले अति नै टर्चर गर्न थालेपछि विष्णुदेवीले अनेक उपाय लगाई गत भदौ २ गते एकै पटक ८ लाख ४० हजार रुपैयाँ महालक्ष्मी विकास बैंकको खातामा जम्मा गरिदिइन् । बैंकबाट लिएको सवै कर्जा चुक्ता गरिसकेपछी बैंक भौचर लिएर विष्णुदेवी बैंकको कर्जा शाखामा पुगिन् । बैंकले पाउनु पर्ने सबै पैशा पाएपछि उनलाई लागेको थियो अब आफ्नो २५ तोला सुन बन्धकीबाट मुक्त हुनेछ । तर उनी बैंकको सुन कर्जा शाखामा पुग्दा बैंकका कर्मचारीले भने – ‘यो पोका लिनुहोस तर यहाँ नखोलिदिनुहोला, यहाँ खोल्न र हेर्न मिल्दैन । घर लगेर हेर्नुहोस् ।’ बैंकका कर्मचारीबाटै यस्तो कुरा आउपछी विष्णुदेवीलाई बैंकले यसअघी गरेको व्यवहार र कर्मचारीको यस्तो जवाफले झन चिन्तत् बनायो ।

    कर्मचारीले धितो बापतको सुनको पोको नखोल्न धम्की दिईरहँदा पनि हिम्मतका साथ विष्णुदेवीले पोको खोलिन् तर पोको खोल्दा त आफुले राखेको आरिजनल सुन नै नक्कली रहेको ठहर गरिन् । बैंकले आफुमाथी सवै कर्जा चुक्तागरी जवरजस्त आफुलाई ठगि गरेपछी उनले पनि ठुलो ठुलो स्वरमा आफ्नो गर गहनाबारे प्रश्न गर्न थालिन् । उनले प्रश्न गर्न थालेपछी बैंकका कर्जा शाखाका कर्मचारीले भने उल्टै तपाईले राख्नु भएको सुन छ वर्षमा पित्तल भएछ । अब तपाईले सुन पाउनु हुन्न । नक्कली धातुलाई सुन भनि छक्याई, झुक्याई धितो राखेर कर्जा लिएको कसूरमा अब तपाईविरुद्ध हामी एक्सन लिन्छौं ।’ भन्दै धम्कि दिँदै थर्काउन थाले ।

    बैंकको कर्मचारीबाटै यस्तो धम्कि आउन थालेपछि विष्णुदेवी छाँगाबाट खसे झै भइन् । ०७२ सालमा घरै रित्तो पारेर औंठी, मुन्द्री, टप, तिलहरी, बाला, चुरा गरी ३५ प्रकारका गहना बैंकलाई बुझाएकी विष्णुदेवीलाई बैंकले यसअघी गरेको व्यवहारले आफुमाथी नियोजित तरिकाले ठगि गरेको पुष्टि भयो ।

    ऋण लिने समयमा बैंकका कर्मचारीहरुले ती सबै गहनाहरु एक एक हेरेर जाँचेर, नापजाँच गरेर सबै प्रकारले ठिक छन् भनि रुजु गरेर, तीन तहबाट ऋण स्वीकृत गरिएको थियो । छ वर्षपछि ऋण चुक्ता गरेर आफ्नो बन्धकीमा परेको सुन झिक्न जाँदा बैंकले भनिरहेको छ – ‘सुन भनेर नक्कली गहना राख्ने ? तपाईको नक्कली गहना हामीले दिन मिल्दैन । सक्कली सुन त परेको कुरा, नक्कली पनि पाउनु हुन्न ।’ बैंकले झन् धम्की दिन थाल्यो । बैंकले त पुरानो एक टिभी धाराबाहिकमा सुन भनेर पित्तल राखेर कर्जा निकाले जस्तो व्यवहार आफ्नै ऋणीसँग गरेको देखियो ।

    त्यसो त सबैलाई थाहा भएकै कुरा हो, प्रत्येक बैंकमा छुट्टै सुन जाँचकीहरु हुन्छन् । जसको काम नै सुन जाँच्ने हो । सुन र पित्तल सामान्य मानिसहरुले समेत छुट्टयाउन सक्छन् । त्यसमाथि पेशा नै सुन जाँच्ने भएकाहरुले त राम्रैसँग सुन चिन्छन् । सुन जाँच्ने पेशा भएकाहरुलाई जति गरे पनि नक्कली सुन लगेर झुक्याउन सकिदैन । त्यसमाथि जाँचकीहरुसँग विभिन्न किसिमका जाँच्ने विधि, प्रविधि हुने गर्छ । जसबाट कुन सुन, कस्तो भन्ने सजिलै छुट्याउँछन् । तर पनि महालक्ष्मी विकास बैंकले भने – ‘तपाईले धितो राख्नु भएको सुन त नक्कली रहेछ । अव तपाँईलाई कानुनी कारवाही गर्छौं ‘ भनिरहेको छ ।

    सामान्य तरिकाबाट हेर्ने हो भनेपनि नक्कली सुन धितो राखेको बैंकले त्यही बेला किन थाहा पाएन रु अहिल अहिले ऋणीले सबै सावा ब्याज तिरिसकेपछि बैंकले नक्कलीको फन्डा अघि सारेको छ ।

    उता ऋणी विष्णुदेवीले पनि आफु माथी महालक्ष्मी बैंकले ठगि गरेको बताएकी छिन् । “मैले ०७२ सालमा घरै रित्तो पारेर औंठी, मुन्द्री, टप, तिलहरी, बाला, चुरा गरी ३५ प्रकारका गहना बैंकलाई बुझाएकी छु । त्यतिबेला मेरै अगाडी ५ ६ पटक सुन जाँचिएको छ । नक्कली सुन भउको भए त्यतिबेलै मलाई जेल हालिदिएको भएपनी भैहाल्थ्यो, आज आएर बैंकका सिईयो, बैंकका हाकीम र कर्जा शाखाका कर्मचारी मिलेर मलाई फसाउने योजना बनाएका छन् । नक्कली सुन भएको भए मैले अहिले आएर सबै ऋण किन तिर्थें र, धितो माया मारेरै मैले आफ्नो रकम सुरक्षित गर्न सक्थे नि” – विष्णुदेवीले भनिन् ।

    हुनपनि कदाचित त्यो सुन नक्कली नै थियो भने धितो राख्नेले त थाहा पाएकै हुन्छ । नक्कली सुनको बन्धकी छुटाउन विष्णुदेवीले अहिले आएर सबै ऋण किन तिरिदिन्थिन होला धितो माया मारेर पनि उनले आफ्नो रकम सुरक्षित गर्न सक्थिन् ।

    तर विष्णुदेवीले धितोको मायाले बैंकको ऋण तिरेको देखिन्छ । जसले महालक्ष्मी विकास बैंकले विष्णुदेवीमाथी सुनियोजित ढंगले ठगि गरेको पुष्टि हुन्छ ।

  • subhayug
  • महालक्ष्मी बैंक
  • महालक्ष्मी विकास बैंक
  • ललितपुर
  • ललितपुर महानगरपालिका
  • विष्णुदेवी महर्जन
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता

  • काठमाडौं उपत्यकाका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु

  • हिमालयन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन

  • किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी


  • समाचार
  • १

    आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता
    १ दिन अघि

  • २

    काठमाडौं उपत्यकाका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु
    १ दिन अघि

  • ३

    हिमालयन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन
    २ दिन अघि

  • ४

    किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी
    २ दिन अघि

  • ५

    डोमेन लिनुभयो ? : यसरी गर्नुहोस् निःशुल्क वेब होस्टिङ !
    २ दिन अघि

  • ६

    अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा
    २ दिन अघि

  • ७

    विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण
    २ दिन अघि

  • ८

    लिवियाको संसद भवनमा आगजनी र तोडफोड
    २ दिन अघि

  • ९

    बुद्धनगरको केएमसी होस्टलमा २१ बर्षिय युवती मृत फेला
    २ दिन अघि

  • १०

    सिम्ले बजारमा माछापुच्छ्रे बैंकको शाखा विस्तार
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    crusser
    ४ दिन अघि

    क्रसर उद्योगमाथि अदालतको अकुंश

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा

    subhayug
    २

    विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण

    subhayug
    ३

    लिवियाको संसद भवनमा आगजनी र तोडफोड

    subhayug
    ४

    २० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution