Phishing साईटबाट बच्ने उपाय : यी हुन् सचेत रहन अपनाउनुपर्ने साबधानीहरु
शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ कार्तिक २०, बिहिबार (३ साल अघि)
११४२ पाठक संख्या
केदार अधिकारी
२० कार्तिक,काठमाडौं – यस्ता Phishing साईटबाट बच्ने सरल उपाय सबैले पढ्नुहोला र ध्यानमा राख्नुहोला सावधान!
फेसबुकमा आजभोली यस्ता अनैतिक बिज्ञापनहरु बढ्दै गएका छन् ईन्टरनेटको चरम दुरुपयोग बढ्दै गएको छ तपाईंको एक गल्तिले आफ्नो फेसबुक एकाउन्ट तथा व्यक्तिगत गोपनियता अन्यन्त्र जान सक्छ तसर्थ होसियार हुनुहोला ।
सचेत रहन अपनाउनुपर्ने साबधानीहरु :
– सर्बप्रथम शंका लागेका यस्ता बिज्ञापनहरुलाई तत्कालै फेसबुकमा Report गर्ने |
– प्रलोभनमा पार्न तपाईंलाई यहाँ क्लिक गर्नुस भन्छन त्यस्तो कुनै पनि लिंकमा सिधै क्लिक नगर्ने |
– यदि झुक्किएर क्लिक भैहालेछ भने कुनै पनि प्रकारको तपाईंलाई Password/Username टाईप गर्न लगाउछन तर तपाईंले बिल्कुलै नगर्ने र तत्कालै त्यसलाई बन्द गर्ने |
– यदि तपाईंलाई साँच्चिकै त्यस्तो लिंकमा क्लिक गर्न ईच्छुक हुनुहुन्छ भने त्यस्तो लिंकलाई पहिले कपि गर्ने अनि नयाँ ब्राउजर खोलेर मात्रै त्यहाँ पेस्ट गरेर क्लिक गर्ने तर त्यो भन्दा पहिले यदि त्यो नयाँ ब्राउजरबाट पनि तपाईंको फेसबुक लगिन भएको छ भने त्यसलाई लगआउट गर्नुहोला |
– त्यस्तो लिंकमा तपाइंले क्लिक गरिसकेपछि यदि कुनै पनि प्रकारको Username/Password मागेको छ भने पहिले माथि ब्राउजरमा हेर्नुहोस Web Address कस्तो खालको छ जस्तै उदाहरणको लागि यदि फेसबुकको Username/Password मागेको छ भने Browser Address बार मा facebook.com लेखेको छ कि छैन यो ध्यान दिनुहोला किनकि उस्तैखालको अन्य शब्द राखेर तपाइंलाई Phishing गर्न खोजिरहेको हुन सक्छ ।
-सकेसम्म तपाइंले यस्तो शंका लागेको अनि भारी प्रलोभन पारेको बिज्ञापनका लिंकहरुमा मोबाईलबाट भने क्लिक गर्दै नगरेको राम्रो किनकि तपाइंले मोबाईलबाट हेर्दा यस्ता लिंक स्पष्टसंग देखिदैन त्यसैले एकदमै साबधानी अपनाउनुहोला अन्यथा तपाईंको व्यक्तिगत जानकारी Phishing गर्ने व्यक्तिको हातमा पुग्दछ |
– यदि तपाईंले कुनै ब्राउजरबाट फेसबुक चलाइरहनु भएको छ र तपाईंले त्यस्ता लिंकमा क्लिक गर्दाखेरि User/Password हालेर लगिन गर भन्छ भने त्यो Phishing हुन सक्छ किनकि Same Browser मा तपाइंलाई फेसबुकले पटक पटक Login को लागि User/Password कहिल्यै पनि माग्दैन |
यस्ता Phishing गर्ने व्यक्तिलाई कतिपयले Hacker भनेर सम्बोधन गर्छन तर सबैलाई जानकारी होस् यस्तालाई Hacker होइन जालसाजी तथा ठग भनिन्छ जसको काम दिनभरी सोझासाझालाई कसरी झुक्याउने भनेर सोचिरहेको हुन्छ |