२०८१ आश्विन २८, सोमबार
काठमाडौं- पछिल्लो समय युट्युव लगायत डिजिटल प्लेटर्फमा फिल्मको कारोबार गर्नेमा मुख्यतः आधा दर्जन जति कम्पनी छन् ।
तीमध्ये पनि बुढासुब्बा डिजिटल, हाइलाइट नेपाल र ओएसआर डिजिटल प्रमुख हुन् । यी तीन कम्पनीले धेरै फिल्मका कारोबार गर्दछन् । यस बाहेक साइराम पिक्चर्स र हाइटेक जस्ता केही कम्पनी पनि फाट्ट फुट्ट फिल्म कारोबारमा देखिँदै आएका छन् ।
लकडाउनकै मौका छोपी बुढासुब्बा डिजिटल, हाइलाइट नेपाल र ओएसआर डिजिटलले नयाँ फिल्म युट्युव लगायतका डिजिटल प्लेटर्फ मार्फत बाहिर ल्याएर व्यवसाय गरिरहेका छन् । यी नै कम्पनीले आफ्ना फिल्म डिस होम र नेट टिभी लगायत मार्फत पनि व्यवसाय गरिरेहका छन् ।
तर उनीहरुको नारा व्यवसायिक नभएर समाजसेवी हुने गरेको छ । उनीहरुले लकडाउनमा घरमा रहेकालाई समय बिताउन सजिलो होस् भनेर फिल्म सार्वजनिक गरेको नारा बनाउने गरेका छन् ।
बुढासुब्बाका धेरै फिल्म
बुढासुब्बाले अहिले युट्युव मार्फत फिल्म ‘पोइ पर्यो काले’ सार्वजनिक गरेको छ । पुजा शर्मा सौगात मल्ल र आकाश श्रेष्ठ अभिनितयो फिल्म केही महिना पहिले मात्र सार्वजनिक प्रदर्शनमा आएको थियो ।
लकडाउनमा घरमा बस्नेका लागि समय बिताउन सजिलो होस् भन्ने उदेश्यले बुढासुब्बाले यो फिल्म युट्युव लगायत प्लेटफर्ममा सार्वजनिक गरेको हो ।
यसको अलवा बुढासुब्बाले डिसहोमको ‘मूभि एण्ड डिमान्ड’ भन्ने च्यानलमा गत फागुुनबाट प्रदर्शनमा आएको फिल्म ‘आमा’ समेत राखेर कारोबार गरिरहेको छ ।
यस्तै बुढासुब्बाले नेट टिभीको ‘भिडियो अन डिमान्ड’ भन्नेमा समेत फिल्म राखेको छ । यो प्लेटफर्ममा ‘लभ डायरी’, ‘पोइ पर्यो काले’, ‘ए मेरो हजुर ३’, ‘लभ यु हमेसा’ लगायतका ५ फिल्म राखेको बुढासुब्बाले जानकारी दियो ।
लकडाउनमा घरमै क्वारेन्टाइममा बसेकाहरुका लागि समय बिताउन सजिलो हुन्छ भनेर कम्पनीले फिल्म सार्वजनिक गरेको बुढासुब्बा डिजिटलका म्यानेजर विश्व खड्काले बताए । ‘युट्युवमा साउथ र हिन्दी फिल्म मात्र कति हेर्नु’ उनले भने ‘ नयाँ नेपाली फिल्म पनि हेर्न पाउनु पर्यो नि ।’
व्यवसाय होइन, सेवा हो
बुढासुब्बापछि अहिले डिजिटल प्लेटफर्ममा धेरै फिल्म ल्याउने ओएसआर डिजिटल पनि हो । ओएसआरले अहिले केही समयको अन्तरालमा दुई फिल्म युट्युवमा ल्याएको छ ।
अघिल्लो साता ‘प्रेम दिवस’ फिल्म युट्युवमा ल्याएको ओएसआरले अहिले फेरि ‘अनुराग’ फिल्म सार्वजनिक गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar