२०८१ जेष्ठ ६, आईतबार
काठमाडौं– स्रोत नखुलेको ७ लाख रकमसहित दुई जना पक्राउ परेका छन् ।
सप्तरी रूपनी नगरपालिका–१ खाडोपुलमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।
अग्निसाइर कृष्णसवरण नगरपालिका–२ बस्ने २७ वर्षीया सिमा भन्ने सागरकुमारी चौधरी र लहान नगरपालिका–१ बस्ने २६ वर्षीया चन्दा चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूबाट ७ लाख ८६ हजार ५०० रुपैयाँ स्रोत नखुलेको नगद बरामद भएको हो । विशेष सूचनाको आधारमा सोमबार खटिएको प्रहरीको टोली खटिएको थियो ।
उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar