२०८१ बैशाख ३१, सोमबार
काठमाडौं – सत्तारुढ दल नेकपा एकीकृत समाजवादीकी सांसद मायादेवी शर्माले प्रदेश सरकारले सांसदहरुसंग छलफल नै नगरी बजेट ल्याएको आरोप लगाएकी छिन् ।
बुधबार बागमती प्रदेश सरकारले प्रस्तुत गरेको २०८०/०८१ सालको बजेटमाथि सुझाव राख्ने क्रममा बोल्दै शर्माले बजेट बनाउने वेलन सरकारले सांसदहरुसंग छलफल नै नगरेको आरोप लगाएकी हुन् । सरकारले वडातहबाट छलफल गरेर ल्याएको योजनामा बजेट नपरेको तर हुँदै नभएको वडामा बजेट विनियोजन हुनु बिडम्वना भएको बताईन् । आफुहरुले वडा तहबाट छलफल गरेर ल्याएको योजना बजेटमा समावेश नभएको तर हुँदै नभएको वडामा बजेट विनियोजन हुनु कस्तो बिडम्वना हो रु म सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। शर्माले भनिन् ।
त्यस्तै उनले यसवर्ष प्रदेश सरकारले ल्याएको बजेट कतिको सर्वस्वीकार्य छ रु जनातको आशा र भरोसा जित्ने खालको बजेट आएको छ, निष्पक्ष छ त रु भन्ने जस्ता अनेकौ प्रश्न रहेको समेत बताइन् ।
सरकारले प्रस्तुत गरेको बजेटमा राम्रा कुराहरु पनि हुँदा हुँदै पनि बजेट विनियोजन गर्दा बैज्ञानिक प्रणाली अनुसार वितरण नगरेको भन्दै सभामुखको ध्यानाकर्षण गराइन् ।पार्टीभन्दा जनतामाथि छ भन्ने सोच राखेर काम गर्न आवश्यक रहेकाले आवश्यकता अनुसारको योजनामा गहन छलफल गरेर निचोडमा पुगेर मात्र बजेट ल्याउनुपर्नेमा अहिले सरकारले ल्याएको बजेट त्यस्तो नदेखिएको शर्माको भनाई थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar