२०८१ जेष्ठ १९, शनिबार
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच भेटवार्ता भएको छ ।
लामिछानेलाई भेट्न राजदूत गोडर रास्वपा पार्टी कार्यालय बसुन्धारा पुगेका रास्वपा केन्द्रीय सदस्य प्रतिभा रावलले जानकारी दिइन् ।
भेटमा विभिन्न समसामयिक विषय र विश्वमै उत्कृष्ट मानिने इजरायली प्रविधि, ज्ञान र सीप प्रयोग गरेर नेपालका कृषि योग्य जमिन विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिकामा कसरी प्रयोग गर्न सकिन्छ भन्ने सन्दर्भमा छलफल भएको रास्वपाले जनाएको छ ।
भेटका क्रममा विभिन्न समसामयिक विषयहरूमा पनि कुराकानी भएको थियो । भेटमा लामिछानेले राजदूत हनान गोडरलाई रास्वपाको चुनाव चिन्ह घण्टी उपहार दिएका थिए ।
उक्त भेटघाटमा पार्टीका सह–महामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्यहरू रामकृष्ण भट्टराई र प्रतिभा रावल पनि सहभागी थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar