२०८१ बैशाख २२, शनिबार
काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्व टेस्ट च्याम्पियनशिपका लागि पुरस्कार रकमको घोषणा गरेको छ । आईसीसीका अनुसार टेस्ट च्याम्पियनशिप २०२१–२३ का लागि ९ टिमलाई ३८ लाख डलर दिइनेछ ।
विश्व टेस्ट च्याम्पियनशिपको फाइनल लन्डनको ओभल मैदानमा अस्ट्रेलिया र भारतबीच हुँदैछ । फाइनल खेल आउँदो जुन ७ देखि ११ सम्म हुनेछ ।
फाइनल जित्ने टिमले १६ लाख डलर (२१ करोड रुपैयाँभन्दा धेरै) पाउनेछ भने उपविजेताले ८ लाख डलर पाउनेछ । यस्तै वर्ल्ड टेस्ट च्याम्पियनशिपको वरीयतामा तेस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाले ४ लाख ५० हजार डलर पाउनेछ ।
वरीयताको चौथो स्थानमा रहेको इङ्ग्ल्यान्डले ३ लाख ५० हजार डलर र पाँचौँ स्थानमा रहेको श्रीलङ्काले २ लाख डलर पाउनेछ ।
यस्तै न्युजिल्यान्ड (६), पाकिस्तान (७), वेस्ट इन्डिज (८) र बङ्गलादेश (९) ले १÷१ लाख डलर पाउनेछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar