‘मत्ता साँढेलाई तह नलगाएसम्म गणतन्त्र दुर्घन्ध मुक्त हुन सक्दैन’ : कांग्रेस नेता गुरुङ
शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ मंसिर १७, बुधबार (३ साल अघि)
६८६ पाठक संख्या
१७ मंसिर,काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता धनराज गुरुङले गणतन्त्रका मत्ता साँढेलाई तह नलगाएसम्म गणतन्त्र दुर्घन्ध मुक्त हुन नसक्ने बताएका छन् ।
आज बुधवार बिहान सामाजिक संजाल ट्विटरमा ट्विट गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका गुरुङले आफुहरुले गणतन्त्र ल्याएको दावि गर्दै गणतन्त्रका मत्ता साँढेहरुले करोडौं खाएर चौबाटोमा गोब्रर्याएका कारण गणतन्त्रलाई नै दुर्घन्धित बनाएको भन्दै उनीहरुलाई तह लगाउनु पर्ने बताएका हुन् ।
उनले भनेका छन्–‘हामीले गणतन्त्र ल्यायौं तर गणतन्त्रका मत्ता साँढेहरुले करोडौं खाएर चौबाटोमा गोब्र्याएका कारण गणतन्त्रलाई नै दुर्गन्धित बनाइरहेका छन् । गणतन्त्रका मत्ता साँढेहरुलाई तह नलगाएसम्म गणतन्त्र दुर्गन्ध मुक्त हुन सक्दैन । जय नेपाल ।’
ट्विटमा नेता गुरुङले पछिल्लो समय सत्तारुढ नेकपाभित्रको विवाद र भ्रष्टाचार प्रकरण तर्फ इंगित गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।