तेलअभिव – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको इरान–इजरायल युद्धविरामलाई लिएर एक जना इजरायली अधिकारीले प्रतिक्रिया दिएका छन्। अधिकारीले भने, “ट्रम्पले युद्धविरामको घोषणा गरेका छन्। यदि सबै पक्षले यसलाई पालना गरे भने, युद्धविराम कायम रहनेछ।”
यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू वा कुनै उच्चस्तरीय इजरायली अधिकारीले अहिलेसम्म सार्वजनिक रूपमा यस युद्धविरामबारे औपचारिक प्रतिक्रिया दिएका छैनन्।
इरानले सरकारी टेलिभिजनमार्फत युद्धविराम लागू भएको पुष्टि गरिसकेको भए पनि, इजरायली तर्फबाट मात्र अनौपचारिक प्रतिक्रिया आएको छ। इजरायली अधिकारीको यो भनाइले इजरायलले युद्धविरामलाई स्वीकार गर्ने संकेत त दिएको छ, तर यसलाई कति गम्भीरताका साथ लिइएको हो भन्नेमा अझै अन्योल छ।
युद्धविरामको घोषणा राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसियल’मार्फत गरेका थिए। केही घण्टाअघि मात्र इरानी क्षेप्यास्त्रले बेर्सेवा शहरमा एक आवासीय भवनमा प्रहार गर्दा कम्तीमा चार जनाको मृत्यु भएको पुष्टि भइसकेको थियो।
इजरायली जनताको सुरक्षाको सन्दर्भमा नेतन्याहूको सरकारमाथि चर्को दबाब रहेको बेला आएको युद्धविरामले राजनीतिक तथा कूटनीतिक तहमा ठूलो अर्थ राख्नेछ। अब इजरायल सरकारको औपचारिक निर्णय र त्यसको व्यवहारिक कार्यान्वयनले यो युद्धविराम कति स्थायी हुन्छ भन्ने निर्धारण गर्नेछ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar