• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ श्रावण ३, शनिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता घोषणा

१ दिन अघि
२

भ्रष्टाचारविरुद्ध छानविनकाे माग गर्दै अख्तियारमा ज्ञापनपत्र बुझाउन दलबलसहित पुग्यो राप्रपा

१ दिन अघि
३

प्रभु हेलिकप्टरले आइपिओ जारी गर्दै

१ दिन अघि
४

नेप्से ७५ अंकले बढ्यो, १६ अर्बभन्दा बढीको कारोबार

२ दिन अघि
५

साफ यु–२० महिला च्याम्पियनसिप : श्रीलंकालाई ७–० गोलले हराउँदै नेपालको जित

२ दिन अघि
६

अलास्कामा ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प

२ दिन अघि
७

नगरपालिकाका सबै प्रधानाध्यापकको सामूहिक राजीनामा

२ दिन अघि
८

तोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

२ दिन अघि
९

ब्याजदर घटेसँगै सेयर बजार उकालो, नेप्से २७९४

३ दिन अघि
१०

नेपाल लाइफद्वारा १० अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दै रेकर्ड कायम

३ दिन अघि
११

भिजिट भिसा प्रकरणको तरंग : फेरी फेरिए विमानस्थल अध्यागमन प्रमुख

३ दिन अघि
१२

नक्कली नोट र लागूऔषधसहित कोहलपुरबाट दुई जना पक्राउ

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • press met १

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    ४ हफ्ता अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 २

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    ३ हफ्ता अघि
  • rajendra pande samsad ३

    मन्त्रीको घुस डिलबारे सभामुख मार्फत एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्रीसंग जवाफ 

    ६ दिन अघि
  • rajendra ४

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    २ हफ्ता अघि
  • skt mak ५

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    ३ हफ्ता अघि
  • arun tiwari and durge ६

     दुर्गेशले अस्ट्रेलियामा दुस्मन हेरेको हेर्यै टुर गर्ने

    ३ हफ्ता अघि
  • charaudi ७

    धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो

    १ हफ्ता अघि
  • trisuli nadi badhi ८

    रसुवादेखि धादिङको वेनिघाटसम्म सतर्कता अपनाउन आग्रह

    १ हफ्ता अघि
  • kp oli cabinet baithak ९

    प्रधानमन्त्री ओलीले आह्वान गरे मन्त्रिपरिषद बैठक

    १ हफ्ता अघि
  • kp oli sambodhan १०

     वर्ष दिन सम्म पनि विवादको भुमरीमै अल्झियो ओली नेतृत्वको सरकार

    ४ दिन अघि
  • सुनचाँदीमा कर प्रणाली चुस्त बनाउन निर्देशन

    शुभयुग संवाददाताप्रकाशित मिति: २०८२ अषाढ १०, मंगलबार (३ हफ्ता अघि)
  • ९२ पाठक संख्या
  • sunchahdiaiaa-1024x508

    काठमाडौँ – प्रतिनिधिसभाको अर्थ समितिले नेपालका सुनचाँदी व्यवसायीहरूको संरक्षण गरी कर प्रणाली चुस्त बनाउन सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सरकारलाई उद्योगी व्यवसायीहरूको संरक्षण गर्न र राज्यले पनि आफ्नो कर प्रणाली चुस्त बनाउन अर्थ समितिले सरकारलाई निर्देशन दिएको हो ।

    समितिको तर्फबाट निर्देशन दिँदै समिति सभापति सन्तोष चालिसेले अरू देशमा बजार नजाने गरी यहाँका उद्योगी व्यवसायीहरूको संरक्षण गर्नेगरी यसलाई सम्पूर्ण शुद्धीकरण गर्नुपर्ने बताए । उद्योगी व्यवसायी बाँकी रहे मात्रै कर उठ्ने भन्दै उनले उद्योगी व्यवसायीहरूको संरक्षण गर्ने किसिमको नीति आवश्यक रहेको जानकारी दिए । उनले भने, ‘अरू देशमा बजार नजाने गरी यहाँका उद्योगी व्यवसायीहरूको संरक्षण गर्नेगरी यसलाई सम्पूर्ण शुद्धीकरण गरेर हामीलाई जानकारी दिने । उद्योगी व्यवसायी बाँकी रहे कर उठ्ने र नउठ्ने हुन्छ । उद्योगी नै बाँकी रहेनन् भने ट्याक्सको कुरा नै नगरे हुन्छ ।’

    समितिमा सोमबार आर्थिक विधेयकमार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको निवेदन र बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा आन्तरिक छलफल भएको हो ।

    कर फिर्ता गर्न माग

    अर्थ समितिको बैठकमा सहभागी भएका नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिले आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेटमार्फत सुन तथा गरगहनामा शून्यबाटै कर लाग्ने गरी भएको घोषणा फिर्ता लिन माग गरे । सुनचाँदी व्यवसायीले सुन जन्मदेखि मृत्यपछिको संस्कारमासमेत आवश्यक पर्ने हुँदा यसलाई विलासिताका रूपमा नहेरी संस्कार, संस्कृति र सम्पतिका रूपमा बुझिदिन सरकारलाई सुझाव दिए ।

    महासंघका अध्यक्ष अर्जुन रसाइलीले सुन र गहनामा विभिन्न नाममा ३० प्रतिशतसम्म कर लाग्ने व्यवस्थाले नेपाली व्यवसाय धरासायी हुने बताए । उनले अहिलेकै घोषणा कायम रहेमा नेपालमा सुन महँगो भई उपभोक्ता मारमा पर्नुका साथै हजारौँ मजदुरको रोजगारी गुम्न सक्नेतर्फ सचेत रहन आग्रह गरे । खुला सिमाना भएका कारण भारतीय बजारमा पुगेर सहज सुन किन्न वातावरणले राज्यको ठूलो परिमाणमा राजस्व गुम्न सक्ने पक्षमासमेत सजग रहन जरूरी रहेको व्यवसायीको भनाइ थियो ।

    चालु आर्थिक वर्षमा करिब १० लाखसम्म सुन खरिदमा अतिरिक्त कर लाग्ने व्यवस्था रहेकामा यसपटकको बजेटमा शून्यबाटै कर लाग्ने प्रावधान रहने प्रस्ताव गरेको छ । नेपाल सुन चाँदी व्यवसायी तथा कालीगढ संघर्ष समितिका विपेन्द्र रामुदामु सुनचाँदी व्यवसायीलाई राज्यले हर्ने र दृष्टिकोणमै परिवर्तन आउन आवश्यक रहेको बताए । नेपालको सुनचाँदी व्यवसायलाई मर्यादित तुल्याउन सहजरूपमा कच्चापदार्थ प्राप्तिको व्यवस्था हुन आवश्यक रहेको बताउँदै उनले सुनचाँदीलगायत रत्न सुन्दरताका लागि मात्र नभई अप्ठेरो परेका बेला खर्च गर्ने वस्तुका रूपमा बुझिदिन सुझाव दिए ।

    नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन विश्वकर्माले मुलुकको व्यापार घाटालाई सन्तुलित तुल्याउन महत्वपूर्ण भूमिका खेलेको सुनचाँदी व्यवसायले १२ अर्ब बराबरको राजस्वमा योगदान दिँदै आएको जानकारी दिए । नेपालमा सुनचाँदी रत्न तथा आभूषणका क्षेत्रमा ४ खर्बभन्दा बढीको लगानी रहेको बताउँदै उनले नेपालबाट वार्षिकरूपमा ४ अर्बभन्दा बढीका गरगहना निर्यात हुँदै आएको तथ्यांक प्रस्तुत गरे ।

    सुनचाँदी व्यवसाय विस्तारका लागि आवश्यक वातावरण बनाउनुपर्ने, कच्चा पदार्थमा पहुँच विस्तार हुनुपर्ने तथा संकटबाट गुज्रिरहेको व्यवसायलाई सान्त्वना दिन अन्य नीतिगत व्यवस्था घोषणा हुनुपर्ने व्यवसायीको माग छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधि दिपेशरत्न शाक्यले नेपाली समाजका संस्कारसँग जोडिएको तथा महत्वपूर्ण नगद सम्पतिकारूपमा रहेको सुनचाँदीका गरगहना जहिले पनि निर्यातको सम्भावना बोकेको बस्तु भएकाले यस व्यवसायको संरक्षण र प्रवद्र्धनमा सरकारको ध्यान जान आवश्यक रहेको बताए । बैठकमा सदस्यले अहिले घोषणा गरिएको करले सुनचाँदी व्यवसाय मात्र नभई नेपाली उपभोक्तालाईसमेत मर्का परेकाले त्यसमा सरकारको सहजीकरणको आवश्यकता औँल्याए । उनीहरूले अत्यधिकरूपमा बढाइएको करले व्यवसाय सञ्चालनमा अप्ठेरो सिर्जना हुने र उपभोक्ता बढी मारमा पर्ने पाटोमा हेक्का राख्न सरकारलाई सुझाव दिए ।

    यसअघि आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तीर्थराज सिल्वालले सुन कालोधनको सञ्चयको क्षेत्र भन्ने प्रश्न उठेपछि त्यसलाई नियमन गर्न र पारदर्शी तुल्याउन करलगायत विषयमा नयाँ व्यवस्था गरिएको बताए । उनले भने, ‘नेपालमा बैंकिङ माध्यमद्वारा ६ प्रतिशत मात्र सुनको कारोबार हुन्छ, अरू विभिन्न पक्षबाट कारोबार हुन्छ । झोलामा पैसा बोकेर सुन भण्डारण गर्ने कार्यलाई रोक्न सरकारले सारेको अभियानमा सहयोग होस् ।’

  • subhayug
  • subhayug.com
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता घोषणा

  • भ्रष्टाचारविरुद्ध छानविनकाे माग गर्दै अख्तियारमा ज्ञापनपत्र बुझाउन दलबलसहित पुग्यो राप्रपा

  • प्रभु हेलिकप्टरले आइपिओ जारी गर्दै

  • नेप्से ७५ अंकले बढ्यो, १६ अर्बभन्दा बढीको कारोबार


  • समाचार
  • १

    एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता घोषणा
    १ दिन अघि

  • २

    भ्रष्टाचारविरुद्ध छानविनकाे माग गर्दै अख्तियारमा ज्ञापनपत्र बुझाउन दलबलसहित पुग्यो राप्रपा
    १ दिन अघि

  • ३

    प्रभु हेलिकप्टरले आइपिओ जारी गर्दै
    १ दिन अघि

  • ४

    नेप्से ७५ अंकले बढ्यो, १६ अर्बभन्दा बढीको कारोबार
    २ दिन अघि

  • ५

    साफ यु–२० महिला च्याम्पियनसिप : श्रीलंकालाई ७–० गोलले हराउँदै नेपालको जित
    २ दिन अघि

  • ६

    अलास्कामा ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प
    २ दिन अघि

  • ७

    नगरपालिकाका सबै प्रधानाध्यापकको सामूहिक राजीनामा
    २ दिन अघि

  • ८

    तोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य
    २ दिन अघि

  • ९

    ब्याजदर घटेसँगै सेयर बजार उकालो, नेप्से २७९४
    ३ दिन अघि

  • १०

    नेपाल लाइफद्वारा १० अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दै रेकर्ड कायम
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rajendra pande samsad
    ६ दिन अघि

    मन्त्रीको घुस डिलबारे सभामुख मार्फत एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्रीसंग जवाफ 

    सामाजिक सञ्जालबाट
    १

    अलास्कामा ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प

    subhayug
    २

    अमेरिकामा कार दुर्घटना : दुई नेपाली युवाको मृत्यु

    subhayug
    ३

    आणविक वार्ता अघि अमेरिका र इजरायलको आक्रमण रोक्नुपर्ने इरानको चेतावनी

    subhayug
    ४

    गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution