एजेन्सी – इजरायलले इरानको इभिन जेल र बासिज मुख्यालयमा फेरिआक्रमण गरेको बताएको छ । इरानले आक्रमणको पुष्टि गरेको छ ।
यसअघि इजरायलका रक्षामन्त्री इजरायल काट्जले एक बयान दिएका थिए भने उनले तेहरानमा इरानी शासनका केही लक्ष्यहरू सूचीबद्ध गरेका थिए, जसमा उनले हवाई आक्रमण गरिएको बताएका थिए ।
उनले भनेका छन्, ती लक्ष्यहरूमा बासिज फोर्सको मुख्यालय पनि समावेश छ । बासिजको पहिलो काम देश भित्र सरकार विरोधी गतिविधिहरूसँग व्यवहार गर्नु हो ।
काट्जले भनेका छन्, ‘एभिन जेललाई निशाना बनाइएको थियो, जहाँ राजनीतिक कैदीहरू र शासनका शत्रुहरू राखिन्छन् ।’ बीबीसी भेरिफाइले जेलको प्रवेशद्वारमा विस्फोट भएको देखाउने सीसीटीभी फुटेज पुष्टि गरेको छ ।
इरानको न्यायपालिकाले तेहरानको इभिन जेलमा आक्रमणको पुष्टि गरेको छ । मिसाइल जेलमा खसेको र जेलको केही भागमा क्षति पुगेको बताएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar