काठमाडौं – उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकार छाड्ने भएको छ । उक्त पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकार छाड्ने तयारी गरेको हो ।
आज सोमबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारले देशमा भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, सुशासनको प्रत्याभूति दिलाउन नसकेको, संविधान संशोधनको काम सुरु गर्न नसकेको, आर्थिक अवस्था सुधार गर्न नसकेको निष्कर्ष निकाल्दै समर्थनको विषयमा पुनर्विचार गर्ने तयारी गरिएको अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।
केपी ओली नेतृत्वमा रहेको वर्तमान सरकार देशमा भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूती, संविधान संशोधन, आर्थिक अवस्थामा सुधार लगायतका कार्यहरूमा पूर्णतः असफल रहेको पार्टी बैठकको निष्कर्ष रहेको सुमनले जानकारी दिए। पार्टीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ– ‘पार्टीद्वारा वर्तमान सरकारलाई विगतमा दिइएको समर्थन बारे पुनः विचार गरी निर्णय गर्न जसपा नेपाल संघीय संसदीय दललाई निर्देश गर्दछ ।’
जसपा नेपालले केपी शर्मा ओली सरकारलाई बाहिरबाट समर्थन गरेको छ । सरकरमा सहभागी भने छैन । जसपाको प्रतिनिधिसभामा पाँच र राष्ट्रियसभामा ३ सांसद छन् । सरकारलाई समर्थन दिने निर्णय संसदीय दलबाट भएकाले थप निर्णय पनि त्यहीँबाट लिने गरी पार्टीले निर्देशन गरेको बताइएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar